युवा आलोक

Online News Portal

समाचार

ग्रिसको रेल दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४३ पुग्यो, ग्रीसका यातायात मन्त्री दिए राजिनामा

ग्रिसमा भएको रेल दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४३ पुगेको छ। मंगलबार राति यात्रु वाहक र मालबाहक रेल एक आपसमा ठोक्किएका थिए। जसमा बुधबार उक्त दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको थियो।

यस्तै आज सोहि दुर्घटना भएको स्थलगत निरिक्षन गर्दै ग्रिसका प्रधानमन्त्रि किरियाकोस मित्सोटाकिसले घटनामा दोषी देखिएकालाई तत्काल कारवाही गरिने प्रतिवद्धता जनाएको छन्।

उनले आज दुर्घटनाग्रस्त स्थलमा पुगेर रेल दुर्घटनामा मानविय त्रुटी रहेको दावी गर्दै यस्तो भनेका हुन्। अहिले स्थानीय रेल स्टेसन प्रमुखलाई दुर्घटनामा मृत्यु हुनेको जिम्मेवार ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ ।

साथै ग्रीसका यातायात मन्त्री कोस्टबास कारामान्लिसले राजिनामा दिनुभएको छ । ३ सय ५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा शहरबाट आउंदै थियो।

एउटै लिकमा किन दुई वटा रेललाई विपरित दिशाबाट चल्न निर्देशन दिइयो भन्ने अझै स्पष्ट हुन सकेको छैन । रेल संचालनको सिग्नल दिने स्टेसन मास्टरले आफूले गल्ती गरेको अस्वीकार गर्दै प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने बताउदै आएका छन्।

अझै पनि खोज तथा उद्दार कार्य जारी छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *