युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

मालपोत कार्यालयमा घुस लिंदै गरेको अवस्थामा नायब सुब्बासहित लेखनदास पक्राउ

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेका छन्।

नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताउनुभयो।

उहाँको अनुसार नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२ मा राख्नको लागि लेखापढी व्यवसायी सुभासचन्द्रलाई दिंदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

अहिले उनीहरुलाई पक्राउ गरि थप कारबाही तथा अनुसन्धानको लागि आयोग कार्यालय बर्दिबास लागिएको जनाइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *