युवा आलोक

Online News Portal

राजनीति राष्ट्रिय समाचार

महिलालाई दिने सेवा सुविधामा विभेद र अन्याय भएको उपसभामुख रानाको गुनासो

महिलालाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले टिप्पणी गर्नुभएको छ।

उहाँले भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको जिकिर गर्नुभयो।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेको बताउँदै त्यस्ता खालका गतिविधि सहन नसकिने गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले उपसभामुखमा म हुँदा बन्चित भएकी छु।’ आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको उहाँको भनाई छ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर, उपसभामुख भएको मेरो अहिले एक महिना भयो। उहाँले भन्नुभयो, ‘मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ। ‘

आफु बसेको निवासमा ४४ हजार तिरेर बस्नु परेको बताउँदै ३६ हजार मात्रै निवास भाडा दिइएको उल्लेख गर्नुभयो। उहाँले फेरि थप्नुभयो , ‘पहिला पुरुष उपसभामुख हुँदाखेरी चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’

 

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *