युवा आलोक

Online News Portal

बजार समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा नेसे परिसूचक ३०.७७ अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दोहोरो अंक ओरालो लाग्दै सेयर बजार १९३८ अंकमा पुगेर बन्द भएको हो।

आइतबार बजारमा ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुपर मादी हाइड्रोपावर कम्पनी सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थान रहेको छ भने यसको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावर कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै आदर्श लघुवित्तीय वित्त र खप्तड लघुवित्त वित्तीयको मूल्य ७ प्रतिशत बढिले ओरालो लाग्यो। कारोबारमा आएका १३ उपसमूहको सूचक नकारात्मक छन्। मनु एन्ड प्रोको सूचक सर्वाधिक ३ प्रतिशत बढिले घट्यो।

आज २५९ कम्पनीले सहभागी जनाएका थिए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *