युवा आलोक

Online News Portal

राजनीति राष्ट्रिय समाचार

लघुवित्त ऋणीहरु मारमा: प्रधानमन्त्री प्रचण्डले देखाए चासो

निजी क्षेत्रले बैंकको उच्च ब्याजदरविरुद्ध आक्रोश पोख्ने र केही समूहले अराजक गतिविधि नै गर्न थालेपछि प्रधानमन्त्रि पुष्पकमल दाहालले गभर्नर र निजि प्रतिनिधिहरु सँग छलफल गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा दाहालले ब्याजदरका विषयमा गभर्नरसँग परामर्श गरेका हुन्।

उहाँले बैक तथा वित्तिय क्षेत्रमा देखिएको समसामायिक विषयलाई उजागर गर्दै गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको प्रधानमन्त्रि सचिवालयले जनाइएको छ। उहाँले बैंक तथा वित्तीय संस्थाको ऋणका सम्बन्धमा निजी क्षेत्रले भ्रम फैलाउन नहुनेमा पनि जोड दिनुभयो।

पछिल्लो समय यता बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् ।

छलफल कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको उपस्थिति रहेको थियो।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *