युवा आलोक

Online News Portal

समाचार

“बेस्ट प्लेयर अफ द इयर (पुरुष) अवार्ड” खेलाडी विष्टलाई प्रदान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा “बेस्ट प्लेयर अफ द इयर (पुरुष) अवार्ड” जितेका छन्। उनलाई मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा उक्त अवार्ड प्रदान गरिएको हो।

सर्वव्यापी फुटबल व्यक्तित्व खेलाडी विष्टले वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी र ब्याडमिन्टल खेलाडी प्रिन्स दाहाल लगायतलाइ पछि पर्दै वर्ष पुरुष खेलाडीमा आफ्नो विजय हासिल गरेका छन्

यसअघि विष्टले विश्वकप-२०२२ छनोट तथा एसियन कप-२०२३ को छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । यस्तै उनी गत वर्षको नेपाल सुपर लिगका सर्वोत्कृष्ट खेलाडीसमेत हुन् ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *