युवा आलोक

Online News Portal

समाचार

आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मुर्ति चोरी

ललितपुरमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मुर्ति चोरी भएको छ।

ललितपुरको चापागाउँ स्थित पुरानो बसपार्कसँगै रहेको मोती पुस्तकालय आडमा स्थापित बुद्धको मूर्ति चोरी भएको जनाइएको छ। यसअघि फागुन १७ गते बुद्ध चैत्यमा रहेको चार मूर्तिमध्ये तीन चोरी भइसकेको छ।

बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। उक्त मुर्तिमा चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *