युवा आलोक

Online News Portal

समाचार

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बाँकेमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन्।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

यस्तै मोरङमा पनि २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका-५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले उनीहरु दुवैलाई थुनामा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *