युवा आलोक

Online News Portal

भिडियो समाचार

उदयमान गायक पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक

भर्खरै उदय भएका गायक विक्रान्त पोखरेलको शब्द तथा संगीतमा ‘भीरमा टुनी छ’ नयाँ गित सार्वजनिक भएको छ। संगीत संयोजन कृष्ण केसीद्वारा गरिएको उक्त गीतमा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।

सोहि गितलाई राजकुमार बगरले मिक्सिङ गरेका छन् भने फिचरिङमा अस्मिता रानापाल र गीतको म्यूजिक भिडियोमा लोमश शर्माको भूमिका रहेको छ। दिनेश पराजुलीको छायाँकनमा निर्माण गरिएको म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन्।

आजै सार्वजनिक गरिएको सो म्युजिक भिडियोलाई कुमार केसीकै यूट्यूब च्यानलबाट सार्वाजनिक गरिएको छ। जसमा अमृत चापागाईंले कलर तथा सम्पादन गरेका छन्।

गायक पोखरेल गोरखामा जन्मिका हुन्। उनले आफनो करिअरलाई गितकै क्षेत्रबाट अगाडी बढाइ रहेका छन्। यस अघि उनको ‘वनमा टाँकी छ’ नामक गीत बजारमा आइसकेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *