युवा आलोक

Online News Portal

समाचार

कोशी प्रदेश हटाएर प्रदेश नं १ पुन: राख्नु पर्ने भन्दै निषेधित क्षेत्र तोडफोड

प्रदेश नम्बर-१ को नाम कोशी प्रदेश राखिएको विषयमा आज प्रदर्शन हुँदा तोडफोद भएको छ। आज बिहानबाट कोशी प्रदेश नामाकरणको विषयमा प्रदर्शन भइरहेको थियो।

प्रदर्शनकै क्रममा आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको पुत्ला समेत दहन गरेको जनाइएको छ। प्रहरीको अनुसार संयुक्त संघर्ष समितिले प्रदेश नं १ पुनः नामाकरण गरिने माग राख्दै महेन्द्र चोकबाट मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेको थियो।

स्रोतको अनुसार भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको जनाइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *