युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

मिटरब्याजी पिडितहरुको साथमा आफुहरु सधै रहने सभापति लामिछाने दावी

काठमाण्डौको खुलामन्चमा धर्ना दिइरहेका मिटरब्याजी पिडितहरुको मुद्दामा रास्वपाका सभापति रबिलामिछानेले आफुहरु पिडितहरुको साथमा रहने बताइका छन्। आफुहरुले यसलाई राजनीतिकरण गर्नको लागे नभएको भन्दै यसलाई कानुनी रुपमा हाल गर्ने बताएका हुन्।

उनले सरकारले गरिब निमुखा जनतालाई प्राथमिकतामा नराखेको भन्दै आफु मन्त्रालय सम्हाल्दा यस्ता मुद्दाहरुलाई पहिलो नम्बरमा राखेर रातारात समस्या समाधान गरेको दावी गरे।

“वास्तविक पिडित हुनुहुन्छ भन्ने बुझेर यसलाई कानुनी रुपमा हाल गर्नुपर्छ भन्नको लागि हामि छौं।” उनले भने, “तपाईहरुको माथि बसेर तपाइहरुको मुद्दालाई टेकेर आफ्नो राजनीतिक रोटि सेकाउन होइन तपाइको लाभको लागि जहाँजति खेर आवश्यकता पर्छ त्यतिखेर मा र हाम्रो पार्टी साथमा छ। ”

अहिले उक्त क्षेत्रमा मिटरब्याजी पिडितहरुको धर्ना दिने कार्य जारि रहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *