युवा आलोक

Online News Portal

बजार समाचार

सेयर बजारमा आज नेप्से झिनो अंकले उकालो लाग्यो

आज सेयर बजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। साताको चौथो दिन बजारमा नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको हो। अघिल्लो दिन मंगलबार १२.४१ अंकले बढेको नेप्से उकालो लागेको थियो।

आज २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै एनआईसी एसिया बैंकले ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँको कारोबारका शीर्ष स्थान कायम गरेको छ । साथै उपसमूहतर्फ रहने १३ वटा समूहमा ५ समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ को शेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज बजार पूँजीकरण २७ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *