युवा आलोक

Online News Portal

समाचार

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।

महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *