युवा आलोक

Online News Portal

हेडलाइन

किहुँ बडहर भञ्ज्याङमा जेठ २५ देखी कान्छीबजार मेला लाग्ने

राजु सुवेदी कल्पित / भिमाद नगरपालिका वडा नम्बर १ किहुँ बडहरभञ्ज्याङमा कान्छीबजार मेला लाग्ने भएको छ ।

लखन थापा मेलमिलाप युवा कल्बको आयोजना तथा बडहरभञ्ज्याङ बजार इकाई समितिको सहआयोजनामा यहि जेठ २५ गते देखी ३० गतेसम्म चल्ने मेलामा भलिवल प्रतियोगिता तथा कौरा प्रतियोगिता सन्चालन हुने कल्बका अध्यक्ष आशिष रानाले जानकारी दिनुभयो ।

स्वस्थ्य समाजको निर्माण हाम्रो अभियान, कला र संस्कृतिको संरक्षण हाम्रो उद्येश्य मुल नाराका साथ सुरु हुन लागेको मेलामा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता ,कौराहा प्रतियोगिता सहित विविध सास्कृतीक कार्यक्रम गरि विगतका वर्षहरुमा झै धुमधाम तरिकाले मलाउन लागिएको मेला संयोजक रमेश थापाले जानकारी दिनुभयो ।

अन्तर वडा स्तरीय भलिवल प्रतियोगिताको विजेतालाई क्रमश प्रथम द्वितीयलाई ८० हजार र ५० हजार पुरुष्कार पाउनेछन् भने सान्त्वना हुनेले १५/१५ हजार पुरुष्कार राशीको व्यबस्था गरिएको कल्बका महासचिब केशर रानाले जानकारी दिनुभयो । त्यसगरि जेठ २८ गते कोराहा प्रतियोगिता हुने र बिजेताहरु क्रमश प्रथम ४० हजार द्वितीय २५ हजार र तृतीयलाई १५ हजार पुरुष्कार राशी राखिएको जनाईएको छ ।

भलिवल प्रतिोगिताको लागी टिम दर्ता जेठ २१ गतेबाट हुने र २५ गतेबाट खेल सुरु हुने खेल संयोजक ओम थापाले जानकारी दिनु भयो । विधागत पुरुष्कार तर्फ वेस्ट स्पाईकर ,वेष्ट वल्कर ,वेष्ट सेटर ,वेष्ट डिफेन्डर र उदायमान खेलाडीलाई पनि सम्मान गरिने अर्का खेल संयोजक प्रतिक रानाले जानकारी दिनुभयो ।

कल्बले मेला भब्य बनाउनका लागी कान्छीबजारलाई माया गर्ने स्वदेश तथा बैदेशिक रोजगारमा रहेकाहरुलाई सहयोग गर्नपनि आग्रह गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *