युवा आलोक

Online News Portal

हेडलाइन

नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला

कावासोती । नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका वडा नम्बर १५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मृत गैँडाको खाग र खुर सुरक्षीत रहेको छ त्यसैगरि निकुञ्जको कोर क्षेत्र भिमपुरमा पाटे बाघ मृत फेला परेको तिवारीले जानकारी दिए ।

बाघ र गैँडा मृत फेला परे पछि निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलि घटनास्थल तर्फ जादै गरेको उनले बताए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *