युवा आलोक

Online News Portal

राजनीति समाचार

पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन

न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोड्नुभएको हो । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उहाँको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिकालगायतले हस्ताक्षर गर्नुभएको

छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *