युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

सामाजिक विकासमन्त्री बोहराद्वारा सीमानाका अनुगमन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाका अनुगमन गर्नुभएको छ । उहाँले केही दिनयता कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि सीमा नाकामा व्यवस्थित र कडाइका लागि त्यहाँ रहेको हेल्थडेक्स र होल्डिङ सेन्टर अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा हेल्थडेस्क र होल्डिङ सेन्टर अलि व्यवस्थित नभएकोले थप सुधार गरिने जानकारी दिँदै मन्त्री बोहराले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले यसबाट बच्न स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गर्नुभयो ।अनुगमनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुखलगायतको उपस्थिति थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *