युवा आलोक

Online News Portal

राजनीति राष्ट्रिय समाचार

प्रदेश १ को नाम अब ‘कोशी’ प्रदेश

प्रदेश नं १ को नाम कोशी नामाकरण गर्ने प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। आज दिउँसो नेकपा एमालेका प्रदेश सभा सदस्य राम राना मगरले प्रदेश १को उक्त नामको प्रस्ताव राख्नुभएको थियो।

सदस्य मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो। अन्तिममा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले कोशी नाम प्रस्ताव गरेका थिए।

यस्तै सभामुख बाबुराम गौतमले उक्त प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वानी मत जाहेर गर्न भनेका थिए। सोहि ध्वनि मत अनुसार कोशीको नाम आएपछि प्रस्ताव पारित भएको छ।

साथै किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *