युवा आलोक

Online News Portal

बजार समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट: आजको कारोबार १० करोडले काम

सेयर बजारमा आज नेप्सेको दोहोरो अंकको गिरावट भएको छ। बुधबार सेयर बजारको नेप्से परिसूचक २४.४४ अंक घटेर १९९५ अंकमा बन्द भएको हो।

बुधबार नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजारको कारोबार भएको छ । जुन अघिल्लो कारोबार भन्दा १० करोड कम हो ।

यस्तै बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, माइक्रोफाइनान्स १०४, निर्जीवन बीमा ९७, अन्य १९ र ब्यापार उपसमूह २७ अंक घटेको नेपाल स्टक एक्चेन्जले जनाएको छ।

आजको कारोबारमा आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । बाराही हाइड्रोको ४.५ प्रतिशत बढ्यो भने बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत घटेको छ ।

सीवाईसी लघुवित्तको ५.७, उन्नती सहकार्य लघुवित्तको ५.४, उपकार लघुवित्तको ५.४ र एनआईसी एसिया लघुवित्तको ५.१ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *