युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय नारी दिवस: २०२३ को नारी दिवसको नारा ‘इम्ब्रन्स ई क्वालिटी’

आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी दिवस। आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै छ। यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस रहेको छ। प्रत्येक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ।

अन्तराष्ट्रिय क्षेत्रमा अहिले सम्म महिलाहरुले विभिन्न संघर्ष गरेको उपलब्धिलाई संस्थागत गर्दै लैंगिक समानता कायम गर्ने उद्देश्यले नारी दिवस मनाउन थालिएको हो। २०२३ को नारी दिवसको नारा ‘इम्ब्रन्स ई क्वालिटी’ अर्थात् समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । यस्तै समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ ।

साथै प्याजी, हरियो र सेतो रङ अन्तर्राष्ट्रिय नारी दिवसको रङ समेत भनिएको छ । प्याजी रङलाई न्याय र गरिमाको रङ भनिएको छ। “प्याजी रङले न्याय र गरिमा जनाउँछ। हरियोले आशा जनाउँछ। सेतोले पवित्रता जनाउँछ । यी रङहरू सन् १९०८ मा यूकेको विमिन्स सोसल एन्ड पोलिटिकल युनियन बाट सुरु भएको थियो।

नेपालमा नारी दिवस
विश्व नारी दिवसका रूपमा मनाइने मार्च ८ लाई नेपालमा २०१७ तिर धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवस’को रूपमा मनाएको जानकारहरू बताउँछन्। नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको पहल गरिंदा समेत अझै महिलाको अधिकार अझेलमा छ।

वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’को रूपमा मनाउन थालेको बताइन्छ। २०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाएको समेत इतिहास रहेको छ।

२०४६ सालको आन्दोलनपछि ‘महिला दिवस’ भन्न थालिएपनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट ‘श्रमिक महिला दिवस’ नाम दिइ मनाइएको थियो। साथै श्रम कानुन ०७४ (दफा ४१) ले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा ८ मार्च मनाउने निर्णय गरेको बताइन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२३ चाहिँ त्यसैले यो वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *