युवा आलोक

Online News Portal

समाचार

होली खेलेपछि नहरमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

बाँकेमा नहरमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ। मंगलबार बाँकेको कोहलपुरस्थित एक नहरमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जानाएको छ। अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।

कोहलपुर-१२ चप्परगौडीका दीपज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढ्ने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

उहाँको अनुसार होली खेलेर नुहाउन गएका उनीहरू नहरमा डुबेका थिए। पछि उनीहरुलाई प्रहरीले उद्धार गरेर कोहलपुर मेडिकल कलेज पुर्‍याएको थियो।

यस्तै नुहाउन गएका पाँचजनामध्ये दुई बालक डुबेको प्रहरीको भनाइ छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *