युवा आलोक

Online News Portal

समाचार

आन्दोलनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका पदमबहादुरको मृत्यु

प्रदेश नम्बर १ को नामकरण कोशी प्रदेश राखेको भन्दै आन्दोलनको क्रममा एक जना घाइतेको आज मृत्यु भएको छ।

नामकरणको विरोधमा भएको प्रदर्शनका क्रममा दंगा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय पदमबहादुर लिम्बु को मृत्यु भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अवस्थामा आज बिहान करिब २ः३० बजे उनको मृत्यु भएको जनाइएको छ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि केही पहिचानवादी समूहले प्रदेशभर विभिन्न किसिमका विरोध प्रदर्शन गर्दै आएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *