युवा आलोक

Online News Portal

बजार समाचार

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ।

आज सेयर बजारमा ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिदबिक्रि हुँदा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ। आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबार भएको छ। यसअघि बिहिबार १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

म्युचुअल फण्ड र लघुवित्तका क्षेत्रमा आज गिरावट आएको छ। साथै माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *