युवा आलोक

Online News Portal

समाचार

आफ्नै बुवाको हत्या गरेको अभियोगमा आफ्नै छोरा प्रक्राउ

कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा आफ्नै छोरा पक्राउ परका छन्।

आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रहरीको अनुसार जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको थियो। सुचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले उक्त घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *