युवा आलोक

Online News Portal

समाचार

मिटरब्याजी पिडितले हिंडेरै तय गरे १२ दिने यात्रा, आज खुलामञ्च अगाडी धर्ना दिँदै

काठमाण्डौमा आज मिटरब्याजी पिडितहरुले आफ्नो न्याय सुनिश्चित गर भन्दै धर्ना दिएका छन्। महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका उक्त पिडितहरु विभिन्न मागसहित नाराबाजी गर्दै छन्।

यतिबेला काठमाडौं महानगरपालिका नगरप्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिएको छ। उनीहरु १२ दिनको लामो यात्रा तय गरेर आज सरकारलाई गुहार्दै छन्।

पछिल्लो समय यता मिटरब्याजिले दिएको सास्ती खपेका पिडितहरु आफ्नो मागहरु पुरा गराएर मात्रै फर्कने अडान समेत लिएका छन्। उनीहरुले तमासुख व्यवस्था खारेज गर, झुठा मुद्दामा गिरफ्तार गरिएका पिडितहरुलाई रिहा गर यस्तै मागसहित ठुलो मोर्चा लिएर खुलामञ्च अगाडी धर्नामा रहेका छन्।

मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन्। यसअघि पनि मिटरब्याजी पिडितहरुले आफ्नो विभिन्न माग राख्दै धर्ना दिएका थिए। तर सरकारले उनीहरुलाई आश्वासन दिएर पठाएको थियो। अहिले उनीहरु सरकारले न्याय मागको सुनुवाई गरेन भन्दै फेरि पनि धर्ना दिएको बताइएको छ।

 

झडप हुन खोजेपछि ठूलो मात्रमा नगरप्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *