युवा आलोक

Online News Portal

समाचार

कुटपिटको आरोपमा दुर्गेश विरुद्ध उजुरी

आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी गरेका छन्। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

थापासहित तीन जनाको समूहले पिटेको भन्दै क्षेत्रीले आरोप लागाएका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको उक्त उजुरीमा उल्लेख गरिएको छ।

यस्तै क्षेत्रीले आइतबार प्रहरी कार्यालयमा ठाडो उजु्री गरेको डीएसपी अंगुर जिसीले बताए। उहाँको अनुसार थापा बाहिर भएकोले भोलि दुवै पक्षलाई बोलाएर छलफल गरिने छ। उनले भने, ‘अब मंगलबार छलफल हुने छ। ‘‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ।’

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *