युवा आलोक

Online News Portal

समाचार

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

बैतडीमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २ बालकसहित १४ जना घाइते भएका छन् । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।

देहीमाण्डौं-गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भिटा भन्ने स्थानमा आज बिहान ११ बजेतिर उक्त जिप दुर्घटनामा परेको थियो। अहिले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-६ रोडीका ६९ बर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका- ५ मस्नेटाका ३३ बर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ बर्षीय गोकुलदत्त भट्ट, ३३ बर्षीय रामप्रसाद भट्ट,६२ बर्षीया जसुदेवी भट्ट, ४ बर्षीय मोहित भट्ट,३५ बर्षीया मीना भट्ट, ३३ बर्षीय राजेन्द्र भट्ट,२८ बर्षीया तुलसी भट्ट,२३ बर्षीया कुन्ती भट्ट, ३४बर्षीय केशव भट्ट, ५५ बर्षीया ललिता भट्ट र ३ बर्षीय रोशन भट्ट रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिका ६ सेलीका २२ बर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । घाइते मध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर सोहि जिप सडकबाट झण्डै ७० मिटर तल खसेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *