युवा आलोक

Online News Portal

राजनीति राष्ट्रिय समाचार

गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्रि एवं गृहमन्त्रि नारायणकाजी श्रेष्ठले ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गर्नुपर्ने भन्दै नागरिकको जिउधनको सुरक्षा कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवाको प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गरेका छन्।

उनले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने जिकिर गरे। उनले भने, ‘नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ ।’

यस्तै गृहमन्त्रि श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न समेत जोड दिए। हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन। ‘

 

 

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *