युवा आलोक

Online News Portal

बजार समाचार

सेयर बजारमा दोहोरो दोहोरो अंकको गिरावट

आज सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको पाँचौं दिन नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा आएर कायम भएको हो।

बिहिबार सेयर बजारमा २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर खरिद विक्री हुँदा रु. ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ बराबरको कारोबार भएको छ। आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ।

यस्तै क्रमश हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर बिक्रि गरेका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *