युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

एपीएफ क्लबकी कप्तान सिता बनिन् सर्वोत्कृष्ट खेलाडी

एपीएफ क्लबकी कप्तान सिता राना मगरले ललितपुर मेयर्स कप महिला टी२० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोषित भएकी छन् । आज सम्पन्न भएको उक्त खेल प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई पराजित गर्दै आफु अग्र स्थानमा आएको थियो।

यस्तै एपीएफले उपाधिमा ह्याट्रिक गर्दा सिता पाँचमध्ये चार खेलमा प्लेयर अफ दी म्याच बनेकी थिइन् । फाइनलमा पनि सिताको उत्कृष्ट ब्याटिङमा एपीएपले कोशी सामु चुनौतीपूर्ण लक्ष्य देखाएको थियो।

यस्तैगरि फाइनलसहित पाँच खेलमा सिताले दुई अर्धशतकसहित कुल २ सय १४ रन बनाइन् भने, ८ विकेट लिएकी थिईन् । योसहित ललितपुर मेयर्स कपमा सिता दोस्रो पटक सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । सर्वोत्कृष्ट घोषित भएसँगै सिताले ३० हजार प्राप्त गरिन् ।

क्यानको अनुसार कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र कोसीकै निशा शाह उत्कृष्ट बलर घोषित भएका छन्। कुल १ सय ३९ रन बनाउंदै रुविना उत्कृष्ट ब्याटर घोषित भएकी हुन् भने, उत्कृष्ट बलर तर्फ निशाले ६ विकेट लिएकी थिइन् । उत्कृष्ट घोषित दुवैलाईसमान १५ हजार प्राप्त गरेका छन्।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *