युवा आलोक

Online News Portal

Latest post

हावाहुरिले नवलपुरको १० घर र २ वटा विद्यालयमा क्षति

नवलपुर । नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म प्राप्त क्षतिको…

नारायणघाट–बुटवल सडकमा चरम लापरबाही, एक साताभित्र मर्मत गर्न निर्देशन

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन…

हुरीले उडाएको धारिलो जस्ता जिउमा बज्रदा १ सय ७ वर्षीय वृद्धको मृत्यु

हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो । जिल्ला प्रहरी…

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय…

नवलपरासीमा ठाउँठाउँमा सडक अवरुद्ध

नवलपरासी । गएराति आएको पानीले नवलपुरको ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम सडक अवरुद्ध भएको छ । उक्त बाटोमा डाइभर्सन बनाएर…

नवलपुरमा बस दुर्घटना ८ जना घाइते

नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक लगाउँन खोज्दा बस दुर्घटना…

पोखरामा एक घरबाट ७० लाख रुपैयाँभन्दा बढीको चोरी

पोखरा महानगरपालिका-१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई…

नवलपुरको अरुणखोलाबाट पाल्पा गएको जिप दुर्घटना हुदा २ जनाको मृत्यु १३ घाईते । हार्दिक श्रद्दाञ्जली

नवलपुरको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।…

चौधरी ग्रुपको सिजी धाम र उद्योग अगाडि राजमार्ग खुम्च्याइयो, डिपिआरमै लापरबाही

नवलपुर, जेठ ३- बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित…

नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला

कावासोती । नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका वडा नम्बर १५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।…